Nepal Life

नेशनल हाइड्रोपावर घाटामा, सन्तोषजनक छैनन् अन्य वित्तीय विवरण पनि

NMB Bank
  • BFIS News
  • 2024 Aug 18 08:44
नेशनल हाइड्रोपावर घाटामा, सन्तोषजनक छैनन् अन्य वित्तीय विवरण पनि
United Ajod

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४.११ प्रतिशत घटेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।

अघिल्लो आवको अन्त्यसम्म २५ लाख १६ हजार रुपैयाँ रहेको वित्त खर्च बढेर ६२ लाख ७२ हजार पुगेको छ । कम्पनीको ह्रासकट्टी खर्च १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशत बढेको छ।

असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ९८ लाख ६८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको रिजर्भको आकार १ करोड ३१ लाख रुपैयाँले धनात्मक थियो ।  

२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९५ लाख १३ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.४२ र मूल्य आम्दानी अनुपात १६१.०६ गुणा कायम भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया