Nepal Life

नाडा अटो शो २०२४ सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

NMB Bank
  • BFIS News
  • 2024 Aug 27 11:42
नाडा अटो शो २०२४ सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन
United Ajod

काठमाडौं । नाडा अटो शो आजदेखि २०२४ सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै नाडा अटो शो सुरू भएको हो।

Shikhar
Nepal Life
NIMB

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा हरेक वर्ष सवारीसाधनको प्रदर्शनी नाडा अटो शो हुँदै आएको छ। मंगलबारदेखि सुरू भएको अटो शो २०२४ भदौ १६ आइतबारसम्म चल्ने छ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्र हिजोको जस्तो अवस्थाबाट नहेरिने बताए। सरकार कुनै पनि व्यवसायीलाई दुःख दिने कुरामा विश्वास नगर्ने भन्दै उनले कसैले दुःख दिए सिधै मन्त्रीलाई भन्न आग्रह गरे। ट्रेडिङबाट उत्पादनउन्मुख हुनु नेपालको अटोमोबाइलका लागि सुखद् भएको मन्त्री पौडेलले बताए।

यस्तै नाडाका अध्यक्ष करण चौधरीले सरकारले अटोमोबाइल क्षेत्रलाई गरेको उपेक्षा हट्नुपर्ने बताए। यो नाडा अटो शोको १६औँ संस्करण हो। यो वर्षको अटो शो ईभीमय बनेको छ। यो वर्षको अटो शोलाई व्यवस्थित बनाउने नाडाले हरसम्भव प्रयास गरेको नाडा अटो शोका संयोजक अनुप बरालले बताए। शोमा १ सय ३० वटा स्टल छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया