Nepal Life

मर्जरमा जाने माइक्रोफाइनान्सलाई लाभांश वितरणमा छुट, मर्जरको सुविधा २०८१ असारसम्म

NMB Bank
  • BFIS News
  • 2023 Aug 17 17:28
मर्जरमा जाने माइक्रोफाइनान्सलाई लाभांश वितरणमा छुट, मर्जरको सुविधा २०८१ असारसम्म
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने माइक्रोफाइनान्सलाई प्रोत्साहन गर्न थप सुविधा दिने भएको छ । लाभांशमा कडाइ गर्दै आएको राष्ट्र बैंकले मर्जरमा गएका वित्तीय संस्थालाई एक वर्षसम्म लाभांश वितरणमा छुट दिएको हो । अव मर्जरमा जाने माइक्रोफाइनान्सले लाभांश बराबरको रकम विभिन्न कोषमा छुट्टाउनु नपर्ने भएको छ ।

Shikhar
Nepal Life
NIMB

वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायत्व कोषमा छुट्टाउनुपर्ने व्यवस्था मध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाउनुपर्ने व्यवस्था एकिकृत कारोबार शुरु गरेको मितिले एक वर्षसम्म छुट पाउने छन् ।

राष्ट्र बैंकले मर्जरको सुविधा आगामी २०८१ असार मसान्तसम्म उपलब्ध गराउनेछ । एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिम भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन समेत सुविधा दिइएको छ ।

निर्देशिका

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया