Nepal Life

निक्षेप खोसिने डरले बैंकहरुले बढाए निक्षेपको व्याजदर, कुन बैंकको कति ?

NMB Bank
  • BFIS News
  • 2023 Aug 17 17:46
निक्षेप खोसिने डरले बैंकहरुले बढाए निक्षेपको व्याजदर, कुन बैंकको कति ?
United Ajod

काठमाडौं । बैंकिङ प्रणालीमा प्रयाप्त तरलता हुँद हुँदै पनि बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर बढाएका छन् । सामान्यतया साउन भदौ कर्जा प्रवाहको अफ सिजन मानिन्छ । भदौ असोज पछि विस्तारै विस्तारै कर्जा प्रवाह हुन थाल्छ । यस सँगै बैंकहरुमा तरलता हराउदै जान्छ ।

Shikhar
Nepal Life
NIMB

त्यसैले पनि बैंकहरुले निक्षेप अन्त नजाओस भनेर भदौ महिनाका लागि व्याजदर थोरै बढाएर स्थिर राख्न खोजेका हुन् । बैंकर्स संघको भद्र सहमति खारेज भए १२ वटा बैंकले मुद्दती निक्षेपको व्याजदर बढाएका छन् ।

भदौ १ गतेबाट लागू हुने निक्षेपको ब्याजदर बैंक अनुसार फरक फरक छ । नयाँ प्रकाशित ब्याजदर अनसार बैंकले अधिकतम १०.८९ प्रतिशतसम्म ब्याजदर दिने जनाएका छन् । कुमारी, ग्लोबल आईएमई, कृषि विकास, नेपाल, एनआईसी एसिया लगायत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन्।

संस्थागततर्फ यी बैंकले अधिकतम ८.८९ प्रतिशतका दरले ब्याज दिने जनाएका छन। अवधि अनसार मुद्दतीको ब्याजदर फरकफरक छ। लामो अवधको मुद्दतीमा १०.८९ तथा ३ महिने र एक वर्षभन्दा कम अवधिकोलाई ७.२९ प्रतिशतसम्म ब्याज दिने भनिएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ दिनको मुद्दतीमा ७.२९ प्रतिशत ब्याजदर दिने बताएको छ। त्यसैगरी एनएमबी बैंकले ६ महिनाभन्दा कम अवधिको निक्षेपमा ८.१० प्रतिशत दिँदैछ। एनएमबी, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया लगायत बैंकले भने साउनको तुलनामा ब्याजदर घटाएका पनि छन्।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ। सो बैंकको मुद्दती निक्षेपमा अधिकतम ८.९२ प्रतिशत ब्याजदर छ। संस्थागततर्फ उसले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ। नबिल, एसबीआई र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्।

विकास बैंकहरुले भने भदौमा पनि कार्टेलिङलाई निरन्तरता दिएका छन्। राष्ट्रियस्तरका विकास बैंकले ब्याजदर बढाउँदै कार्टेलिङलाई निरन्तरता दिएका हुन्। उनीहरुले व्यक्तिगत निक्षेपको ब्याजदर ११.१५ र संस्थागततर्फको निक्षेपको ब्याजदर ९.१५ प्रतिशत पुर्‍याएका छन्। राष्ट्रियस्तरका विकास बैंकमा साउनमा व्यक्तिगत निक्षेपमा १०.१० र संस्थागत निक्षेपमा ८.१० प्रतिशत ब्याजदर थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया