Nepal Life

कर्जा बृद्धिदर ५ वर्ष यताकै कम, शेयर धितोकर्जा ५.२ प्रतिशतले मात्रै बढ्यो

NMB Bank
  • BFIS News
  • 2023 Aug 18 13:12
कर्जा बृद्धिदर ५ वर्ष यताकै कम, शेयर धितोकर्जा ५.२ प्रतिशतले मात्रै बढ्यो
United Ajod

काठमाडौं । बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जाको बृद्धिदर ५ वर्ष यताकै कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्जा बृद्धिदर २६ प्रतिशत भन्दा माथि थियो ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेकोथियो ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन

आर्थिक वर्ष २०७९/८० मा रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२२८६ अर्ब ९० करोड गरी कुल रु.५५१८ अर्ब १९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ भने रिभर्स रिपोमार्पmत रु.८८ अर्ब २० करोड र निक्षेप संकलन बोलकबोलमार्फत रु.२० अर्ब गरी कुल रु.१०८ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत पटकपटक गरी खुद रु.९६४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो।

समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खूद खरिद गरी रु.७१२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ९१ करोड खूद खरिद गरी रु.३५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी रु.५९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ९२ करोड बिक्री गरी रु.५९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया