Nepal Life

बैंक वित्तीय संस्थाका कर्मचारीको तलब २८ प्रतिशतले बढ्यो, कुन क्षेत्रका कर्मचारीको कति ?

NMB Bank
  • BFIS News
  • 2023 Aug 18 14:02
बैंक वित्तीय संस्थाका कर्मचारीको तलब २८ प्रतिशतले बढ्यो, कुन क्षेत्रका कर्मचारीको कति ?
United Ajod

काठमाडौं । गत आर्थिक वर्षमा सर्वाधिक धेरै बैंक वित्तीय संस्थाका कर्मचारीको तलब बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार बैंक वित्तीय संस्थाको तलब सूचकांक २५.०४ प्रतिशतले बढेको छ । अझ अफिसर तहका कर्मचारीको तलब सुविधा २८.५५ प्रतिशत अंकले बढेको छ । नन अफिसरको भने २४.५१ प्रतिशत अंकले बढेको छ ।

Shikhar
Nepal Life
NIMB

यस बाहेक अन्य क्षेत्रका कर्मचारीको तलब खासै बढ्न सकेको छैन । सरकारकी जागिरेको भने १४.०२ प्रतिशतले बढेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । त्यस्तै सार्वजनिक संस्थानका कर्मचारीको १९.८५ प्रतिशत, आर्मी तथा प्रहरीको १७.२९ प्रतिशत, शिक्षा क्षेत्रका कर्मचारीको ११.३१ प्रतिशत, निजी क्षेत्रमा काम गर्ने कर्मचारीको जम्मा ६.१९ प्रतिशत, कृषि क्षेत्रमा काम गर्नेको तलब सुविधा ६.४१ प्रतिशत, उद्योग कलकारखानामा काम गर्ने कामदारको १५.३१ प्रतिशत, निर्माण क्षेत्रका मजदुरको ८.२४ प्रतिशत, कार्पेन्टरको ७.६१ प्रतिशत र कामदारको ९.४४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो । २०८० असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.७१ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार महिनामा यस्तो सूचकाङ्क ९.०९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ७.६८ प्रतिशतले वृद्धि भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया