Nepal Life

बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा असोज १८ गते, हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश हुने

NMB Bank
  • BFIS News
  • 2024 Sep 10 08:06
बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा असोज १८ गते, हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश हुने
United Ajod

काठमाडौं । बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारण सभा आगामी असोज १८ गते गर्ने भएको छ। भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
 
सभा कलंकीमा रहेको गौरव इभेन्ट्समा बिहान ८ बजेदेखि सुरु हुनेछ।

सभामा हकप्रद जारी गर्ने र यसका लागि आइपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ।

Shikhar
Nepal Life
NIMB

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८०/८१ को नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया