Nepal Life

नेपालमा १६ वर्ष सेवा दिएको बुद्धको एटिआर-४२ जहाजलाई वाटर स्यालुटसहित गरियो बिदाइ

NMB Bank
  • BFIS News
  • 2024 Sep 10 13:05
नेपालमा १६ वर्ष सेवा दिएको बुद्धको एटिआर-४२ जहाजलाई वाटर स्यालुटसहित गरियो बिदाइ
United Ajod

काठमाडौं । बुद्ध एयरले १६ वर्षदेखि उडाइरहेको 'एटिआर ४२ नाइन एन–एआइन' जहाजको बिदाइ गरेको छ। यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी(वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको हो । आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा भित्र्याएको यो उसको पहिलो एटीआर विमान थियो ।

Shikhar
Nepal Life
NIMB

सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो। नेपाली आकाशमा उडान सुरू गरेको १६ वर्षपछि जहाजको 'उडान साइकल' समाप्त भएको हो।

जहाजले आज काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट पनि गरेको छ। माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्ट रहेका थिए।

नेपाली आकाशमा ४० हजार उडान साइकलमार्फत उडान गरेको नाइन एन–एआइएन जहाजले नेपाल आउनुभन्दा पहिले ३० हजार उडान साइकल उडान गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया