Nepal Life

फोन पे र सिटिजन्स बैंकको साझेदारीमा 'सिटिजन्स फोन पे क्रेडिट कार्ड'

NMB Bank
  • BFIS News
  • 2024 Sep 12 15:37
फोन पे र सिटिजन्स बैंकको साझेदारीमा 'सिटिजन्स फोन पे क्रेडिट कार्ड'
United Ajod

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात घोषणा गरेको छ।सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो।

यसले नेपालमा पहिलोपटक क्युआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको बताइएको छ। प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिन्छ।

Shikhar
Nepal Life
NIMB

सिटिजन्स फोनपे क्रेडिट कार्डले प्रयोगकर्तालाई निम्न सुविधाहरू प्रदान गर्छः

१. तत्काल कार्ड जारी गर्न सकिनेः सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने

२. स्क्यान र भुक्तानीः नयाँ सिटिजन्स फोनपे क्रेडिट कार्डद्वारा १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने

३. खर्च ट्र्याकिङ गर्न सकिनेः आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुने

४. ४५ दिनसम्म ब्याज–मुक्त क्रेडिट अवधि पाइनेः ४५ दिनसम्म ब्याज–मुक्त क्रेडिट अवधि प्राप्त गर्दै आफ्नो आर्थिक लचकतालाई उच्च स्तरमा अनुभव गर्न सकिने

५. भुक्तानीको धेरै विकल्प पाइनेः ग्राहकले चाहे अनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिने

विशेष योजनाः ५० प्रतिशत तत्काल क्यासब्याक अफर

सुरुवाती अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (एक हजार रूपैयाँ) सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्ने भएको छ।

यो सीमित समयको अफर भदौ २७ बाट सुरू हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया