Nepal Life

भदौ ३१ गतेदेखि असोज ३ सम्म दिपल एक्सचेन्ज कार्निभल

NMB Bank
  • BFIS News
  • 2024 Sep 13 17:29
भदौ ३१ गतेदेखि असोज ३ सम्म दिपल एक्सचेन्ज कार्निभल
United Ajod

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ।

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ 'इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन' नेपाल 'फिचर–लोडेड' दिपलका इभीहरू खरिद गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रूपैयाँमा दिपलको प्रिमियम इभी एस०७ खरिद गर्न सक्नेछन्।

ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउनेछन्।

साथै, उनीहरूले थप एक्सचेन्ज बोनस पाउनेछन् जसले दिपलको यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ।

यसबाहेक, एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसोसरिज पाउनेछन्। जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन्।

साथै, ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउनेछन्।

नेपालमा एमएडब्लु वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ।

यी इभीहरू एडभान्सड् फिचर लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ।

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले रुचाएको थियो।

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआइ सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू रहेको कम्पनीको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया