Nepal Life

आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँट

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 09:10
आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँट
United Ajod

काठमाडौं। आँखुखोला जलविद्युतले हकप्रद सेयर बाँडफाँट गरेको छ। कम्पनीले असार ३१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ बराबर १.५ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर बाँडफाँट गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो सेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद सेयर भदौ ३० गते बाँडफाँट गरिएको हो।

बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता सेयर भने अब लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिनेछ। बाँडफाँटमा नपरेको हकप्रद सेयर बापतको रकम असोज ४ गते शुक्रबारदेखि आइपिएसमार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया