Nepal Life

भरतपुर उड्नै लागेको बुद्ध एयरको जहाजमा देखियो प्राविधिक समस्या, यात्रु ओरालियो

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 09:59
भरतपुर उड्नै लागेको बुद्ध एयरको जहाजमा देखियो प्राविधिक समस्या, यात्रु ओरालियो
United Ajod

काठमाडौं। काठमाडौंबाट भरतपुर उड्नै लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि सवै यात्रु ओरालिएको छ। आज बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको जहाजबाट सबै यात्रु ओरालिएको हो।

Shikhar
Nepal Life
NIMB

जहाज बिहान ७:५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो। प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा ओरालिएका यात्रुहरूलाई बुद्धकै अर्को जहाजमा पठाउन लागिएको प्रवक्ता शेर्पाले जानकारी दिए।

प्राविधिक समस्या देखिएको जहाज प्राविधिकले हेरिरहेका छन्। ओरालिएका यात्रुहरूलाई अर्कै जहाजमा पठाउन लागिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया