Nepal Life

'इ-सेवा महाउत्सव : इ-सेवाको कारोबारमा नामीको दामी कार' अफर सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2024 Sep 18 14:48
'इ-सेवा महाउत्सव : इ-सेवाको कारोबारमा नामीको दामी कार' अफर सार्वजनिक
United Ajod

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवाले यसपालिको दसैं–तिहार र छठ पर्व लक्षित 'इ-सेवा महा–उत्सवः इ-सेवाको कारोबारमा नामीको दामी कार' अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ। यसका साथै, १०० रूपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन्।

मात्र १०० रूपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ।

दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउनेछ। उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्।

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार इसेवाका विभिन्न सेवाहरूः मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नेछन्।

यी अफरहरूबारे थप जानकारी इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया