Nepal Life

अवितरित हकप्रद सेयर बिक्री गर्दै हिमालय उर्जा, क-कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Sep 22 08:12
अवितरित हकप्रद सेयर बिक्री गर्दै हिमालय उर्जा, क-कसले दिन पाउँछन् आवेदन?
United Ajod

काठमाडौं । हिमालय उर्जाले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत अर्थात् १ सेयर बराबर नयाँ १ सेयर (१:१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

Shikhar
Nepal Life
NIMB

जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। कम्पनीको सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले असोज १४ गतेभित्र आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया