Nepal Life

सुपर मादीको लाभांश घोषणा, साधारण सभा कात्तिक ५ गते

NMB Bank
  • BFIS News
  • 2024 Sep 25 08:31
सुपर मादीको लाभांश घोषणा, साधारण सभा कात्तिक ५ गते
United Ajod

काठमाडौं। सुपर मादी हाइड्रोपावरले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।  

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको अधिकृत पूँजी २ अर्ब २० करोड ५० लाख पुग्ने भएकाले सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन गरिएको  र कम्पनीको तत्काल जारी गर्ने पूँजी २ अर्ब २० करोड ५० हुने भएकाले सो पूँजीलाई प्रति सेयर रु.१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन भएको  कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गरिनेछ।  

यस्तै कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने  विशेष प्रस्तावहरु पारित हुनेछ ।

यसैगरी अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाबाट पारित हुनेछ।  

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया