Nepal Life

नेपाल लाइफले  सार्वजनिक गर्यो उत्कृष्ठ अभिकर्ता सम्मान योजना, एक करोड भित्र्याउनेलाई सम्राट पदक

NMB Bank
  • BFIS News
  • 2023 Aug 21 21:56
नेपाल लाइफले  सार्वजनिक गर्यो उत्कृष्ठ अभिकर्ता सम्मान योजना, एक करोड भित्र्याउनेलाई सम्राट पदक
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले चालु आर्थिक वर्षका लागि उत्कृष्ठ अभिकर्ता तथा ऐजेन्सी मेनेजर सम्मान योजना सार्वजनिक गरेको छ ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्ना अभिकर्ता तथा ऐजेन्सी मेनेजरहरुलाई कम्पनीका बरिष्ठ पदाधिकाहरुको समुपस्थितिमा दुई दिने सम्मा तथा रात्री भोज कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।

चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्तालाई कम्पनीले ‘नेपाल लाइफ सम्राट पदक’बाट सम्मानित गर्नेछ । ऐजेन्सी मेनेजर तर्फ न्युनतम टिम विजनेस ४ करोड रुपैयाँ भित्र्याउनेलाई यस्तो पदकबाट सम्मानित गर्ने भएको छ ।

न्युनतम प्रथम बीमा शुल्क ७५ लाख रुपैयाँ आर्जन गर्ने अभिकर्तालाई कम्पनीले ‘नेपाल लाइफ रत्न पदक’बाट सम्मानित गर्नेछ । ऐजेन्सी मेनेजरको हकमा टिम विजनेस मार्फत तीन करोड रुपैयाँ व्यवसाय गर्नेले यस्तो सम्मान पाउने छन् ।

वार्षिक ५५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्तालाई नेपाल लाइफले ‘नेपाल लाइफ समृद्धि पदक’बाट सम्मान गर्नेछ । ऐजेन्सी मेनेजर तर्फ न्युनतम टिम विजनेस भने २ करोड ३० लाख रुपैयाँ हुनुपर्नेछ । टार्गेट पुरा गर्ने सबै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु अभिकर्ता सम्मान कार्यक्रममा भाग लिन पाउने छन् ।

कम्पनीले समय काल देशको परिस्थितिले गर्दा अभिकर्ता तथा एजेन्सी मेनेजरहरुले तोकिए बमोजिमको व्यवसाय दिन नसकेको खण्डमा उत्कृष्ठ ५० जना अभिकर्ता तथा उत्कृष्ठ ५० जना एजेन्सी मेनेजरहरुलाई उक्त सम्मान कार्यक्रम ‘लिडरसिप एक्सिलेन्स अवार्ड’मा समावेश गराउने छ । संस्थागत अभिकर्तालाई यस योजनाम समावेश गरिने छैन । यस कुरामा कुनै विवाद भएमा कम्पनीले अन्तिम निर्णय गर्नेछ ।  

नेपाल लाइफका अभिकर्ता तथा एजेन्सी मेनेजरका लागि यो सबैभन्दा ठुलो सम्मान हो । कम्पनीले भव्य कार्यक्रम आयोजना गरेर सम्मान गर्ने भएकाले हरेक अभिकर्ताका लागि यसमा सहभागी हुन पाउनु नै ठुलो लक्ष्य रहन्छ । 

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया