Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन नउडाउन प्राधिकरणको आग्रह, अटेर गरे कारबाही हुने

NMB Bank
  • BFIS News
  • 2024 Sep 26 08:43
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन नउडाउन प्राधिकरणको आग्रह, अटेर गरे कारबाही हुने
United Ajod

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह गरेको छ।

प्राधिकरणले आज सूचना जारी गर्दै विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको  क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले उडान सुरक्षामा गम्भीर असर पार्नसक्ने हुँदा त्यस्ता कार्य नगर्न अनुरोध गरेको हो।

Shikhar
Nepal Life
NIMB

‘यस किसिमका गतिविधि एवम् क्रियाकलाप नगर्न, नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया