Nepal Life

बङ्गलादेश हिँडेका आमासहित छोराछोरी झ्याप्लेखोलामा अस्ताए

NMB Bank
  • BFIS News
  • 2024 Sep 29 20:26
बङ्गलादेश हिँडेका आमासहित छोराछोरी झ्याप्लेखोलामा अस्ताए
United Ajod

काठमाडौं । धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएर स्याङ्जाका तीन जनाको मृत्यु भएको छ।  पहिरोमा परेर स्याङ्जाको गल्याङ नगरपालिका–३ का सीता भट्टराईसहित उहाँका जुम्ल्याहा छोरा दीपेश र छोरी दीपिका पुरिएका हुन्। जुम्ल्याहा दाजुबहिनी बुटवलको कालिका माविमा कक्षा १० मा अध्ययनरत थिए।

Shikhar
Nepal Life
NIMB

बङ्गलादेशमा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन बङ्गलादेश जानका लागि उनीहरू काठमाडौँ हिँडेका थिए।

शनिबार बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विंगर) धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिँदा त्यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यही गाडीमा सीताको परिवार सवार थियो।

शुक्रबार बिहान बुटवलबाट काठमाडौँका लागि हिँडेका उनीहरू चढेको विंगर झ्याप्लेखोलामा पुरिँदा आमा सितासँगै उनीहरू सदाका लागि अस्ताएका हुन्। पहिरोमा पुरिएकाहरू सबैको पहिचान भएको परिवारले जनाएको छ। 

श्रीमतीसँगै छोराछोरीको पहिरोमा पुरिएर मृत्यु भएपछि वैदेशिक रोजगारीका लागि कोरियामा रहेका होमनाथ भट्टराईलाई नेपाल बोलाइएको आफन्त लीलाबल्लव भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार स्याङ्जाको पुरानो घरमा होमनाथका बुबा बस्नु हुन्छ भने उहाँहरू केही वर्षदेखि रुपन्देहीमा बस्दै आउनुभएको थियो। (गोरखापत्रबाट)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया