Nepal Life

भगवती हाइड्रोपावरको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पेश हुने

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 08:50
भगवती हाइड्रोपावरको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पेश हुने
United Ajod


काठमाडौं। भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको २४ औं वार्षिक साधारण सभा काठमाडौंको थापागाउँमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  

सभामा सेयरधनीहरूलाई चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ। यस्तै कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्‍याउने कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गर्ने प्रस्ताव पेश हुनेछ।

Shikhar
Nepal Life
NIMB

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गर्ने, आव २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने, आव २०८१/८२को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट दुईजना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असोज २ गते बुक क्लोज गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया