Nepal Life

नेपालमै बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री सुरु, कति पर्छ मूल्य?

NMB Bank
  • BFIS News
  • 2024 Oct 03 15:36
नेपालमै बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री सुरु, कति पर्छ मूल्य?
United Ajod

काठमाडौं। नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यु ई’ भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यु र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY  क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यु ई को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दशैं तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरियन्टहरुको मूल्य भेन्यु(एस)१.२ को ४४ हजार ९६ हजार र भेन्यु (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ  िकम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।  

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया