Nepal Life

रु रु जलविद्युत परियोजनाले १५ प्रतिशत बोनस शेयर सहित ८० प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Oct 04 07:07
रु रु जलविद्युत परियोजनाले १५ प्रतिशत बोनस शेयर सहित ८० प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो साधारणसभा
United Ajod

काठमाडौं । रु रु जलविद्युत परियोजनाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर सहित ८० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । कम्पनीले आगामी कार्तिक ११ गते डाकेको १९ औं वार्षिक साधारणसभाबाट उक्त विशेष प्रस्ताव पारित गर्दैछ । 

Shikhar
Nepal Life
NIMB

 

कम्पनीले बोनस शेयर जारी गर्ने तथा हकप्रद शेयरको सार्वजनिक निष्काशन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजीलाई आवश्यकता अनुसार बृद्धि गर्नुपर्ने भएको हुँदा प्रवन्धपत्रको दफा ६ को उपदफाका व्यवस्थाहरु संशोधन गर्ने विशेष प्रस्ताव अगाडी सारेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ अवधिको मुनाफा तथा सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारितका लागि साभामा पेश गर्नेछ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रस्तावित बोनस शेयर जारी गरे पश्चात कायम हुन आउने पूँजीको १०० कित्ता बराबर ८० कित्ताको अनुपातमा हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले यहि असोज ३० गते बुक क्लोज गर्दैछ । असोज २९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया