Nepal Life

नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नया संचालक मन‍ोनयन

NMB Bank
  • BFIS News
  • 2024 Oct 06 16:33
नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नया संचालक मन‍ोनयन
United Ajod

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको आश्विन १९ गते सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनिका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए। 

Shikhar
Nepal Life
NIMB

सभाले आ.ब.२०८०/८१को बित्तिय बिबरण पास गर्दै शेयर धनिहरुलाई ५ प्रतिशत नगद लाभाशं बितरणको प्रस्ताव पनि पारित गरेको छ । सभामा कंपनिको नाम परिवर्तन गरि" नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि " राख्ने निर्णय भएको छ। कंपनिले भबिष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ।त्यसैले पुजिं वृद्धि र समान प्रकृतिका कंपनिहरु मर्जर गर्ने निर्णय गरेको छ। साथै सोही सभाले आगामि चार बर्षको लागि देबेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज( माधव) दवाडि लाई संचालकमा निर्बिरोध मनोनयन गरेको छ।         

संचालकको मनोनयन पछि सभामा नै संचालकहरुले एक मतले अध्यक्षमा देबेन्द्र प्रताप शाहलाई  र रमेश कुमार भट्टराईलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने घोषणा गरेको थियो। साधारण सभामा २९ जना शेयरधनि मध्ये २१ जनाको उपस्थिति रहेको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया