Nepal Life

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपूर दैनिकका बञ्जाडेलाई

NMB Bank
  • BFIS News
  • 2023 Aug 23 16:56
डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपूर दैनिकका बञ्जाडेलाई
United Ajod

काठमाडौं । लघुवित्तका पिता भनेर सु—परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष  कान्तिपूर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर भदौ २१ गते विहीवार कान्तिपूर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको हो ।

Shikhar
Nepal Life
NIMB

जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमशः नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा तथा बिजय राज खनाल लाई प्रदान गरिएको थियो ।

देशको सर्वाङ्गीण विकासका साथै आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकार जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा लेखनमार्फत आम जनस्तरमा सू सूचित गराउने महत्वपूर्ण कार्य गरेको छ  ।

यसै सन्र्दभमा डा. हरिहरदेव पन्त फाउन्डेशनद्धारा संचालित डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार  (Dr. Harihar Dev Pant Economic Journalism Award) का लागी विगत एक दशक भन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका कान्तिपूर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई लाई वि.सं २०८० को डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरुप नगद रु. ५०,००० (अक्षरेपी पचास हजार) सहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कार २०८० भदौ २१ गते बिहीवारका दिन पत्रकार यज्ञ बञ्जाडेलाई  प्रदान गरिने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया