Nepal Life

पुनरतालिकीकरण पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा राख्न पाइने, १.१ प्रतिशत मात्रै प्रोभिजनिङ गरे पुग्ने

NMB Bank
  • BFIS News
  • 2024 Oct 08 22:05
पुनरतालिकीकरण पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा राख्न पाइने, १.१ प्रतिशत मात्रै प्रोभिजनिङ गरे पुग्ने
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरे पुग्ने व्यवस्था गरेको छ ।

Shikhar
Nepal Life
NIMB

एक पटक तय गरिएको ग्रेस अवधि थप गरेमा त्यस्तो कर्जालाई पुनरसंरचना/पुनरतालिकीकरण गरेको मानिने र सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको छ ।

तर, विद्युत परियोजनाहरुको परिवर्तित Required Commercial Operation Date बमोजिम वा जलविद्युत आयोजना सम्पन्न भई उत्पादन प्रारम्भ गरेतापनि पूर्ण क्षमताको प्रसारण लाईन निर्माण नभएका कारण पूर्ण क्षमतामा संचालनमा आउन नसकेका कारण ग्रेस अवधि थप भएमा पुनरसंरचना/पुनरतालिकीकरण गरेको मानिने छैन । ग्रेस अवधि भन्नाले कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न शुरु हुने मिति बुझ्नु पर्नेछ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया