Nepal Life

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ, आधार दरमा ०.५ प्रतिशत मात्रै व्याजदर

NMB Bank
  • BFIS News
  • 2024 Oct 16 15:29
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ, आधार दरमा ०.५ प्रतिशत मात्रै व्याजदर
United Ajod

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । दश लाख रकम भित्र एक लाख रुपैंया बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ । 

Shikhar
Nepal Life
NIMB

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ ।

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरिने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने छ ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, QR Code सेवा, POs (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया