Nepal Life

क्युआर कोडमार्फत सत प्रतिशतले बढ्यो भुक्तानी र कारोबार, मर्चेन्ट क्युआरको प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

NMB Bank
  • BFIS News
  • 2024 Oct 19 13:09
क्युआर कोडमार्फत सत प्रतिशतले बढ्यो भुक्तानी र कारोबार, मर्चेन्ट क्युआरको प्रयोग गर्न राष्ट्र बैंकको सुझाव
United Ajod

काठमाडौं । नेपालमा डिजिटल कारोबार र भुक्तानी सर्वसाधारणको मुख्य रोजाइ बन्दै आइरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २ महिनाको तथ्यांकले पनि पछिल्लो समय सर्वसाधारणको रोजाइमा डिजिटल कारोबार तथा भुक्तानी पर्न थालेको देखाएको छ।

Shikhar
Nepal Life
NIMB

पछिल्लो समय संघीय राजधानी सहर काठमाडौंमा मात्रै होइन, ग्रामीण भेगमा रहेका चिया पसलदेखि अन्य पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानी हुन थालेको छ।

काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चिया पसल, तरकारी पसल, किराना पसलदेखि ठूला–ठूला सपिङ मलमा मात्रै होइन सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ। पछिल्ला समयमा क्युआरकोड अर्थात्  ‘क्विक रेस्पोन्स पेमेन्ट’ सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्ममा गत वर्षको यहि अवधिको तुलनामा सत प्रतिशतले कारोबार रकम बढेको छ । गएको वर्षको भदौ महिनामा ३० अर्ब ५६ करोडको कारोबार भएको थियो तर चालु आर्थिक वर्षको भदौ महिनासम्मा सत प्रतिशतले बढेर ६१ अर्ब ३९ करोडको कारोबार भएको छ । त्यस्तै गएको भदौसम्ममा एक करोड १७ लाख वटा कारोबार भएकोमा यस वर्षको भदौमा २ करोड १५ लाख वटा कारोबार भएको छ । 

मोबाइल बैंकिङदेखि लिएर वालेटसम्मको कारोबार क्युआर मार्फत भुक्तानी बढिरहेको छ । वालेट तथा मोबाइल बैंकिङ मार्फत क्युआर कोड प्रयोग गरेर भुक्तानी गर्ने बानी परिसकेले चर्को शुल्कको भार बोक्नु परिरहेको छ । हामी सामान्य भुक्तानीका लागि पनि क्युआर कोड माग्छौ तर न्युनतम पनि ११ रुपैयाँ भन्दा धेरै तिर्नु पर्ने बाध्यता छ । यदि १० वटा भुक्तानी गर्यो भने एक सय ११ रुपैयाँ भन्दा धेरै खर्च हुन्छ । 

यसले गर्दा नगद कारोबार भन्दा डिजिटल कारोबार महंगो बन्दै गइरहेको छ । बैंकहरुले भुक्तानी प्रणालीमा सहजिकरण गरेर लाइन बस्नु पर्ने झण्झटबाट छुटकारा दिए पनि नियमित रुमपा भुक्तानी गर्नु पर्ने शुल्कबाट भने पिडित बनिरहेका छन् । मोबालइ वालेट तथा बैंकिङ एप मार्फत भुक्तानी गर्दा सकेसम्म मर्चेन्ट क्युआर प्रयोग गर्न राष्ट्र बैंकले सुझाव दिएको छ । 

होटल, पसल, मार्ट, सपिङ सेन्टरले यदि मर्चेन्ट क्युआर प्रयोग गर्ने हो भने ग्राहकहरुले अतिरिक्त ११ रुपैयाँ तिर्नु नपर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्ली राम पोखरेल बताउछन् । मर्नचेन्ट क्युआर बैंक वित्तीय संस्था तथा भुक्तानी प्रदायक संस्थाले सहजै उपलब्ध गराउछन् । जसको प्रयोग गर्दा कारोबारको लिमिटको झण्झट पनि बेहोर्नु पर्दैन । साथै ग्राहकहरुले पनि अतिरिक्त शुल्क भुक्तानी गर्नु पर्दैन । 

राष्ट्र बैंकले डिजिटल कारोबारको लागि प्रोत्साहन गर्दै गर्दा शुल्कमा पनि पुनरावलोकन गर्नु पर्ने विज्ञहरु बताउछन् । हिजोका दिनमा कारोबार रकम तथा संख्या धेरै कम थियो जसले गर्दा न्युनतम १० रुपैयाँ शुल्क लाग्ने व्यवस्था जायज पनि थियो । तर अहिले हामी हरेक भुक्तानीमा क्युआर कोड प्रयोग गर्छौ । त्यसैले राष्ट्र बैंकले पनि यस्तो कारोबारको सेवा शुल्क घटाउनु पर्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया