Nepal Life

सरकारले विश्व बैंकबाट ३८ अर्ब ऋण लिँदै

NMB Bank
  • BFIS News
  • 2024 Oct 21 11:32
सरकारले विश्व बैंकबाट ३८ अर्ब ऋण लिँदै
United Ajod

काठमाडौं । सरकारले विश्व बैंकबाट करिब ३८ अर्ब ऋण लिने गरी प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले विश्व बैंकले दिने २० अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने तथा १८ अर्ब ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

Shikhar
Nepal Life
NIMB

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर (करिब १८ अर्ब १९ करोड रुपैयाँ) ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको हो । बैठकले वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको हो ।

त्यस्तै, विश्व बैंकबाट प्रकोप र विकासका निम्ति प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्व बैंकबाट ‘नेपाल डिजास्टर रेजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्याटस्ट्रोफ ड्रडाउन अप्सन’मार्फत उक्त सहायता आउने जनाइरहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया