Nepal Life

अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित पक्राउ

NMB Bank
  • BFIS News
  • 2023 Aug 24 18:38
अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित पक्राउ
United Ajod

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको ११ सय थान गरी ८ लाख ५० हजार नेपाली रुपैयाँसहित फिलिपिन्सका नागरिक ३२ वर्षीय  ARSENIO JR. MESA लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Shikhar
Nepal Life
NIMB

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया