Nepal Life

भदौ ३१ हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला

NMB Bank
  • BFIS News
  • 2023 Aug 24 18:43
भदौ ३१ हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला
United Ajod

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ (सेप्टेम्बर १७) मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइट (nepalblockchainconclave.can.org.np) मा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ । यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

Shikhar
Nepal Life
NIMB

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह-आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

 

कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ताहरू) आउने तय भएको छ । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने कन्क्लेभका संमयोजक एवं क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार कन्क्लेभमा करिब ३०० जनाको सहभागी हुनेछ ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया