Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Oct 30 13:10
सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
United Ajod

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । मंगलबार वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आज बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडाैंमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको थियो ।

Shikhar
Nepal Life
NIMB

केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो । यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धि विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पु-याएको थियो ।

प्रभातफेरी कार्यक्रम पश्चात् बैंकका संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राखेका थिए ।

साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडाैं, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गरेका थिए । बैंककाे मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमहरू रहेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया