Nepal Life

श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा, ६० र ४० को अनुपात मिलाउनु पर्ने

NMB Bank
  • BFIS News
  • 2023 Aug 25 20:54
श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा, ६० र ४० को अनुपात मिलाउनु पर्ने
United Ajod

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले श्रमिकहरुको आधारभूत तलब तर्फ ६० प्रतिशतर मंहगी भत्तामा ४० प्रतिशत अनुपात हुने गरि मिलाउनु पर्ने जनाएको छ । नीतिगत व्यवस्था, श्रम नियमावलीको व्यवस्था एवं विगतको अभ्यास अनुसार यस्तो अनुपात मिलाउनु पर्ने धारणा राखेको छ । 

Shikhar
Nepal Life
NIMB

उद्योग, व्यवसाय एवं प्रतिष्ठान तहमा काम गर्ने श्रमिकहरुका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । अर्थतन्त्र मन्दीमा रहेका बेला श्रमिकहरुको पारिश्रमिकलाई दिगो बनाउन एवं उद्यम व्यवसायको विस्तारका लागि महासंघले ६ बुँदे सुझाव प्रस्तुत गरेको छ ।

महासंघका अनुसार चिया कृषि प्रकृतिको विशेष उद्योग व्यवसाय भएको र चिया उत्पादनको लागतमा ७० प्रतिशत श्रमिकको ज्याला नै हुने भएकाले छिमेकी मुलुकमा कायम भएको चिया श्रमिकको पारिश्रमिकलाई समेत मध्यनजर गरि चिया वगानका लागि हाल निर्धारण भएको न्यूनतम पारिश्रमिकमा पुर्नविचार एवं संशोधन गर्नुपर्ने जनाएको छ ।

नीति तथा कार्यक्रममा समेत व्यवस्था भए बमोजिम स्वदेशी उद्योगवाट उत्पादित वस्तुहरु विशेषगरी साना तथा घरेलु उद्योगवाट उत्पादन भएका वस्तुहरु आयातित वस्तु भन्दा २० प्रतिशत वढी मूल्य भएपनि खरीद गर्ने व्यवस्थालाई व्यवहारमै कडाईका साथ लागू गर्नुपर्ने महासंघको धारणा रहेको छ ।

मूल्यवृद्धिवाट राहत दिन श्रमिकहरुका लागि खाद्यान्न र अति आवश्यक उपभोग्य वस्तुका सुपथ मूल्य पसलको व्यवस्था र राशन कार्डको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

उद्योग व्यवसायको प्रकृति, भौगोलिक क्षेत्र लगायतका बिषयलाई पनि आधार मानि न्यूनतम पारिश्रमिक दर निर्धारण गर्ने व्यवस्था लागू गर्नुपर्ने महासंघले जनाएको छ ।  वजारको माग, प्रतिस्पर्धा र आर्थिक स्थितिको कारणले उद्योग संचालनमा समस्या भएमा त्यस्तो उद्योगलाई वन्द गर्ने प्रक्रियामा सहजिकरण गर्नुपर्ने भनिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया