Nepal Life

सिद्धार्थ प्रिमियरले ल्यायो प्रविधिमैत्री ‘एसपीआईएल–डिजी’ बीमा, २ घण्टामै दाबी पाइने

NMB Bank
  • BFIS News
  • 2023 Aug 26 07:19
सिद्धार्थ प्रिमियरले ल्यायो प्रविधिमैत्री ‘एसपीआईएल–डिजी’ बीमा, २ घण्टामै दाबी पाइने
United Ajod

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक विद्युतीय माध्यमबाट बीमा लेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न एसपीआईएल–डिजी प्रणालीको शुभारम्भ गरेको छ । यो प्रणाली मार्फत बीमितले अनलाइनबाटै सहज रूपमा बीमा पोलिसी खरिद गर्नुका साथै दाबी भुक्तानी पनि पाउने छन् । 

Shikhar
Nepal Life
NIMB

निजी कार र मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा अनलाइनको माध्यमबाट ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानीको लागी आवश्यक कागजात अनलाइनबाट अपलोड गर्न सकिनेछ । यसरी अपलोड गरेको २ घण्टामै दाबी पाउन सकिने कम्पनीले जनाएको छ । 

सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिजीको प्रयोगले बीमितकहरुले सहज रूपमा अनलाइनबाटै बीमा लेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवारले जानकारी दिए । 

झन्झटरहित तरिकाले रिक्वायर डकुमेन्ट अपलोड गरेको दुई घण्टामै बीमितको खातामा पैसा जम्मा हुनेछ । कम्पनीले रियल टाइम सेटलमेन्टको प्रयास स्वरुप यस्तो सुविधा ल्याएको हो । यस्तो व्यवस्थाले बीमित र कम्पनी दुबैको समय र खर्च घट्ने छ । 

बीमितले निश्चित रकम सम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । कम्पनीका अनुसार हालसम्म अनलाइन मार्फत ६० लाख २० हजार ६९९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। कम्पनीले २२० वटा दाबी भुक्तानी अनलाइन मार्फत नै गरेको हो । कम्पनीका अनुसार ३४ लाख ३४ हजार ५२३ रुपैयाँ ९२ वटा दाबी दर्ता भएको छ । १२८ वटा दाबी दर्ताको २५ लाख ८६ हजार १७६ रुपैयाँ बराबरको क्लेम सेटल गरेको कम्पनीले जनाएको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया