Nepal Life

यूएईलाई हराउँदै यू–१९ महिला टी–२० विश्वकपमा छनोट भयो नेपाल

NMB Bank
  • BFIS News
  • 2024 Nov 13 18:59
यूएईलाई हराउँदै यू–१९ महिला टी–२० विश्वकपमा छनोट भयो नेपाल
United Ajod

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली टी–२० विश्वकपको लागि छनोट भएको छ। बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) मा सम्पन्न एशिया छनोटको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

Shikhar
Nepal Life
NIMB

नेपालले ६ खेलबाट १० अंक जोड्यो। यूएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ बलमा २ विकेट गुमाएर भेटायो। नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७ तथा सावित्री धामीले १२ रन बनाइन्। यूएईकी मेहक ठाकुरले २ विकेट लिइन्।

यसअघि यूएईको अजमानस्थित द सेभेन रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो। बुधबारको खेलमा यूएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन्। उनले ४८ बलमा १ चौका प्रहार गरेकी थिइन्। बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन्। कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन्। यस्तै, रिया शर्मा र सीमा केसीले दुई/दुई विकेट लिए। १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आउँदो जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया