Nepal Life

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको मुनाफा ३८७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Nov 14 07:12
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको मुनाफा ३८७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ
United Ajod

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३८७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा ४ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

Shikhar
Nepal Life
NIMB

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशत बढेर ६ करोड २१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०३.११ प्रतिशत बढेर ४७ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ २७ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.७१ गुणा रहेको छ। १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ९५ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया