Nepal Life

गरिमा विकास बैंकको १८ औ वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमहरुको आयोजना

NMB Bank
  • BFIS News
  • 2024 Nov 24 11:47
गरिमा विकास बैंकको १८ औ वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमहरुको आयोजना
United Ajod

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी बैंकले १८ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।  

Shikhar
Nepal Life
NIMB

बैंकले उक्त अवसरमा निम्न कार्यहरु गरेको छः  

१. बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।  

क. विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।

ख. बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन

ग. बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन  

घ. विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन  

ङ. विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन

च. विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन  

छ. विकास बैंकको शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७युनिट रगत संकलन

२. जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान

३. कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान

४. कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सीप्रदान

५. बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान

६. ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण

७. जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक प्रदान

८. रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामास्टील दराज प्रदान  

९. मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण  

१०. श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण

११. बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट(स्कूल ड्रेस) वितरण

त्यसै गरी “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ यस विकास बैंकले मंसिर ८ गते शनिबारका दिन ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्दैछ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया