Nepal Life

चन्द्रागिरी हिल्सका शेयरधनीले अहिलेसम्म पाउन सकेनन् लाभांश, चालु आर्थिक वर्षको मुनाफाबाट सम्भावना !

NMB Bank
  • BFIS News
  • 2024 Nov 26 11:19
चन्द्रागिरी हिल्सका शेयरधनीले अहिलेसम्म पाउन सकेनन् लाभांश,  चालु आर्थिक वर्षको मुनाफाबाट सम्भावना !
United Ajod

काठमाडौं । चन्द्रागिरी हिल्सले यस वर्ष पनि लाभांश नदिने घोषणा गरेको छ । कम्पनीले २०७७ साल माघमा सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो । त्यस यता अहिलेसम्म पनि कम्पनी लाभांश वितरण गर्न सक्ने अवस्थामा आइपुगेको छैन । 

Shikhar
Nepal Life
NIMB

मंसिर १० गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे। कम्पनीले लाभांश प्रस्ताव बिना नै पुस ३ गते, बुधबार, आफ्नो कार्यालय परिसरमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संशोधन गर्न अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट भने लाभांश दिन सक्ने क्षमता बनाउने देखिन्छ । कम्पनीको जगेडा कोष पहिलो त्रैमाशिक अवधिसम्ममा ४ करोडले मात्रै ऋणात्मक छ । जगेडा कोष सकारात्मक भए सँगै कम्पनीले लाभांश दिन सक्ने क्षमता बनाउनेछ । अर्को तर्फ कम्पनीको दीर्घकालिन कर्जा अझै एक अर्ब ८७ करोड बाँकी छ । यस्तो कर्जा कम्पनीले क्रमिक रुपमा घटाउदै जाने र मुनाफाको निश्चित प्रतिशत लाभांशको रुपमा वितरण गर्दै जान भने सक्ने अवस्था सिर्जना भइसकेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया