Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त, बैंक वित्तीय क्षेत्रमा तीन दशकको अनुभव

NMB Bank
  • BFIS News
  • 2024 Dec 04 11:28
युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त, बैंक वित्तीय क्षेत्रमा तीन दशकको अनुभव
United Ajod

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले वित्तीय क्षेत्रका अनुभवी गौतमलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Shikhar
Nepal Life
NIMB

वित्तीत तथा बीमा क्षेत्रका अनुभवी र उत्कृष्ट निर्णय लिन सक्ने क्षमता भएका व्यक्ति हुन् कमल गौतम । उनको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगती गर्ने कम्पनी सञ्चालक समितिले विश्वास लिएको छ ।

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका अनुभवि व्यक्ति हुन् । उनी कम्पनीका कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै समुहमा उत्कृष्ट नतिजा दिन सक्ने क्षमता भएका व्यक्ति हुन् ।

बैंक तथा बीमा क्षेत्रमा तीन दशक अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन ।कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्रवण रावललेको निधन पश्चात कम्पनीका महाप्रबन्धक डोरिन्द्रराज दाहालले निमित्त कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी बहन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले पछिल्लो समय प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सम्पुर्ण अधिकार कम्पनीलाई सुम्पिएको छ । नियुक्ति अगाडी प्राधिकरणबाट स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । नियुक्ति पश्चात भने प्राधिकरणमा जानकारी दिनु पर्छ । यदि नियुक्ति प्रक्रियामा केहि कैफियत देखिएमा प्राधिकरणले थप निर्देशन भने दिन सक्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया