Nepal Life

कर, व्याज र किस्ताको प्रमुख स्रोत शेयर बजार ! स्मार्ट लगानीकर्ताले सुरुमै जोहो गर्न खोज्दा बजार घट्यो, यस्ता छन् कारण

NMB Bank
  • BFIS News
  • 2024 Dec 16 15:35
कर, व्याज र किस्ताको प्रमुख स्रोत शेयर बजार ! स्मार्ट लगानीकर्ताले सुरुमै जोहो गर्न खोज्दा बजार घट्यो, यस्ता छन् कारण
United Ajod

काठमाडौं । शेयर बजारका लगानीकर्ता स्मार्ट बन्न खोज्दा पूँजी बजारमा गिरावट आएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने 'अहिले अर्थतन्त्रको अवस्था निकै कमजोर छ । आम्दानीका अन्य स्रोत छैन । सबैको कर, व्याज र किस्ता जोहो गर्ने एक मात्रै माध्यम शेयर बजार भइरहेको छ ।'

Shikhar
Nepal Life
NIMB

यस्ता लगानीकर्ताले सुरुमै शेयर बजारबाट रकम जोहो गर्न खोज्दा बजारमा गिरावट आएको उनको तर्क छ । गएका समयमा लगानीकर्ताले अन्तिम समयमा शेयर बिक्री गर्ने गरेकोमा अहिले सुरुकै अवस्थामा रकम जोहो गर्ने प्रचलन बढेको उनको विश्लेषण छ ।

बैंकहरुले पुस महिनाका लागि सार्वजनिक गरेको व्याजदरमा तीन वटाले बढाएको र तीन वटाले घटाएको तर बाँकी सबैले स्थिर राख्दा पनि बजारमा अव व्याजदर बढ्न थालेको भन्दै लगानीकर्ताहरु त्रसिद देखिएका छन् । व्याजदरको यस्तो प्रवृत्तीले तत्काल डराउनु पर्ने अवस्था नरहेको ढकाल बताउछन् । अवको केहि महिना बैंकहरुको पनि कर्जा प्रवाह हुने महिना हो । तर बैंकहरु नै यस अवधिमा कर्जाको माग कस्तो हुन्छ भनेर विश्लेषण गर्न सकिरहेका छैनन् ।

अन्य आम्दानीका स्रोतहरु बलियो नभइरहेको अवस्थामा सर्वसाधारण लगानीकर्तादेखि व्यापारी, व्यावसायी, उद्योगीहरुले शेयर बजारलाई नगद प्रभाहको पहिलो स्रोत बनाउदा राजनीतिक तथा अन्य कुनै पनि क्षेत्रमा छिसिक्क केहि भइहाल्यो भने पनि बजारमा असर पर्न थालेको छ । पछिल्लो समय सरकार परिवर्तन, अर्थमन्त्री परिवर्तन तथा राजनीतिक नेताहरुको भेटघाटले पनि बजारमा प्रभाव पार्न थालेको छ ।

नेपाली कांग्रेसका नेता तथा काठमाडौं महानगरपालिका पुर्व मेयरको निधन पछि नेपाल कांग्रेसले डाकेको आकस्मिक बैठकले आज शेयर बजारमा प्रभाव पारेको हुन सक्ने बजार विश्लेषण घनश्याम पाण्डे बताउछन् । यहि सन्दर्भलाई जोडेर बजारमा नेपाली कांग्रेसको आकस्मिक बैठक बस्नु भनेको सरकार तलमाथि हुन थालेको पो हो कि भन्ने हल्ला चलाइएको छ ।

यस्तै कारणले गर्दा आज ५१.३७ अंकले घट्यो । सूचक सँगै कारोबार रकम ५ अर्ब ९३ करोडमा सिमित भएको छ । नेप्से सूचक २६३० मा झरेको छ । बजार घट्नुको पछाडी पछिल्ला समय प्राविधिक विश्लेषकहरुको पनि राम्रो हात रहेको छ । बजारमा अल्पकालिन लगानीकर्ता हाबी छन् त्यसमा पनि प्राविधिक विश्लेषणलाई पछ्याउनेको जमान कम छैन । प्राविधिक विश्लेषणमा देखिने संकेतहरुले लगानीकर्ताहरुलाई हौस्याउनेदेखि निरुत्साहित पार्ने गरेको छ । सामान्यतया पुस र माघ महिना शेयर बजारको अफ सिजन हो । यस अवधिमा लगानीकर्ताहरुले लगानीका अन्य क्षेत्रलाई हेर्न पुग्दछन् । साथै दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले दिने लाभांशको सम्पुर्ण विवरण सार्वजनिक भइसक्छ जसले गर्दा लगानीकर्तालाई उत्साहित बनाउने अवस्था रहदैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया