Nepal Life

बाढीले क्षति पुर्याएको अपर तामाकोशी तीन महिना पछि बल्ल आयो सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2024 Dec 29 10:50
बाढीले क्षति पुर्याएको अपर तामाकोशी तीन महिना पछि बल्ल आयो सञ्चालनमा
United Ajod

काठमाडौं । अविरल वर्ष पछिको बाढीले क्षति पुर्याएको अपर तामाकोशीको विद्युत उत्पादन तीन महिना पछि बल्ल सञ्चालनमा आएको छ । कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै आंशिक रुपमा मर्मत पश्चात विद्युत उत्पादन सुरु भएको जानकारी दिएको छ । 

Shikhar
Nepal Life
NIMB

गएको असोज १० गते साँझदेखि देशव्यापीरुपमा परेको अविरल वर्षाको कारणले असोज १२ गते आयोजनाको बाँधस्थलमा पहिरो जादा ड्याम अप्रेसन कन्ट्रोल भवन पुर्ण रुपमा क्षति हुन पुगेको थियो । यसका साथै स्टेलिङ बेसिन, बक्स कल्भर्ट लगायतका संरचनाहरुमा क्षति भएको थियो । कम्पनीले आंशिक रुपमा मर्मत गरे सँगै यहि असोज ९ गते साँझ ७:४० देखि विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत उत्पादन बन्द हुँदा लोडसेडिङको समेत अवस्था सिर्जना भएको छ । विद्युत प्राधिकरणले उद्योग क्षेत्रमा विद्युत कटौती समेत गर्नु परेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया