Nepal Life

सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त गर्यो

NMB Bank
  • BFIS News
  • 2022 Jun 04 06:21
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त गर्यो
United Ajod

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कास गर्ने भएको छ । यसका लागि कम्पनी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Shikhar
Nepal Life
NIMB

बिहीबार यसबारेमा सम्झौता भएको छ । सम्झौतामा सगरमाथा जलविद्युतका तर्फबाट अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट छ ।

आयोजनाले २०७७ जेठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत् उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया