Nepal Life

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, तपाईलाई पर्यो कि परेन यसरी हेर्नुहोस्

NMB Bank
  • BFIS News
  • 2023 Sep 04 11:26
भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, तपाईलाई पर्यो कि परेन यसरी हेर्नुहोस्
United Ajod

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो। जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्राथमिक शेयर परे नपरेको नतिजा मेरो शेयरको वेवसाइटबाट हर्न सकिनेछ । त्यस्तै सिद्धार्थ क्यापिटलको वेवसाइटबाट पनि हेर्न सकिन्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया