Nepal Life

आयल निगमले बढायो पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ, समायोजित मूल्य अब कुनमा कति ?

NMB Bank
  • BFIS News
  • 2025 Jan 31 21:24
आयल निगमले बढायो पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ, समायोजित मूल्य अब कुनमा कति ?
United Ajod

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरेको छ। सञ्चालक समितिको निर्णय अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य समायोजन गरिएको हो। निर्णय अनुसार पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँ मूल्य बढाइएको हो।

Shikhar
Nepal Life
NIMB

निगमका अनुसार हवाई इन्धनमा आन्तरिकतर्फ प्रति लिटर ६ रुपैयाँ मूल्य बढाइएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर ४३ अमेरिकी डलर मूल्य बढाइएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

बढेको मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा प्रति लिटर १६४ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १६६ र १६७ रुपैयाँ प्रति लिटर कारोबार हुनेछ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५७ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १५९ र १६० रुपैयाँमा कारोबार हुनेछ। हवाई इन्धन आन्तरिक १३२ रुपैयाँ प्रति लिटरमा कारोबार हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया