Nepal Life

पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्ने विषयमा बन्द अड्तान तत्काल रोक्न व्यवसायीहरुको आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Feb 05 11:04
पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्ने विषयमा बन्द अड्तान तत्काल रोक्न व्यवसायीहरुको आह्वान
United Ajod

काठमाडौँ, माघ २३ गते । निजी क्षेत्रका तीन सङ्गठनले पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केबुलकार निर्माणको परियोजनाको विषयमा बन्द हडताल तत्काल रोक्न आग्रह गरेका छन् ।

Shikhar
Nepal Life
NIMB

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोग्नु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने बताएका छन् । उद्योग, व्यापार, बैङ्किङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । 

तीन सङ्गठनले विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालालाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज र निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपियाँ लगानी गरिसकेको, हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्धनका साथै स्थानीयका लागि रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । केबुलकार आयोजनाविरुद्ध जेजस्ता क्रियाकलाप हाल देखिएका छन्, त्यसले पक्कै पनि देशमा लगानीको वातावरण असर पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया