Nepal Life

ग्लोबल आइएमई बैंकमा मेसिनबाट २४ सै घण्टा चेक र नगद जम्मा गर्न सकिने

NMB Bank
  • BFIS News
  • 2023 Sep 06 07:04
ग्लोबल आइएमई बैंकमा मेसिनबाट २४ सै घण्टा चेक र नगद जम्मा गर्न सकिने
United Ajod

काठमाडौं । विदामा बैंकहरु बन्द हुँदा चेक साट्न नपाउदा धेरैलाई समस्या पर्ने गरेको छ । अनलाइन प्रणालीबाट भुक्तानी लगायतका विभिन्न सुविधा प्राप्त हुने भए पनि आफु सँग भएको चेक र नगदलाई बैंकमा जम्मा गर्न नपाउदा हुने समस्यालाई पनि निराकरण गर्न ग्लोबल आइएमई बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन संचालनमा ल्याएको छ ।

Shikhar
Nepal Life
NIMB

यससँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका नगद तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने भएको छ।

बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन संचालनमा ल्याएको छ। यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर र काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगंज शाखामा चेक डिपोजिटर मेशिन संचालनमा ल्याएको हो।

प्रविधिको विकास र आम उपझोक्ताको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको भन्दै बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताए ।

‘यो मेसिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो। यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, बिना कुनै कागजी प्रकृया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ। समयको बचत हुनेछ। २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,’ उनले भने।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया