Nepal Life

ग्लोबल आइएमईले विद्युतीय सवारीमा सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने, भि जि इम्पेक्ससँग समझदारी

NMB Bank
  • BFIS News
  • 2023 Sep 06 07:11
ग्लोबल आइएमईले विद्युतीय सवारीमा सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने, भि जि इम्पेक्ससँग समझदारी
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी साधनमा सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने नीति लिएको छ । यहि नीति अनुरुप बैंकले भि जि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

Shikhar
Nepal Life
NIMB

उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठहरिएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गर्नुभएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया