Nepal Life

बैंकहरुले व्याजदर घटाउदा नेपाल टेलिकमको मुनाफा ३३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी २९ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Feb 12 07:33
बैंकहरुले व्याजदर घटाउदा नेपाल टेलिकमको मुनाफा ३३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी २९ रुपैयाँ
United Ajod

काठमाडौं । बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाउदा नेपाल टेलिकमको मुनाफामा चरम गिरावट आएको छ । सञ्चालन आम्दानी सँगै बैंक वित्तीय संस्थामा निक्षेप जम्मा गरेर आम्दानी गर्ने नेपाल टेलिकमको मुनाफा ३२.९७ प्रतिशतले घटेको हो । 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत र कुल आम्दानी ८.४० प्रतिशत घटेको छ। कम्पनीको वित्तयि खर्च भने ०.१९ प्रतिशत मात्र घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया