Nepal Life

डोनाल्ड ट्रम्पको निर्देशन पछि एमसीसीको भुक्तानी प्रक्रिया स्थगन

NMB Bank
  • BFIS News
  • 2025 Feb 19 06:28
डोनाल्ड ट्रम्पको निर्देशन पछि एमसीसीको भुक्तानी प्रक्रिया स्थगन
United Ajod

काठमाडौँ, फागुन ६ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयसँगै नेपालमा कार्यान्वयनमा आएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन भएको छ। 

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयले मंगलबार एमसीसीको भुक्तानी प्रक्रिया स्थगन भएको जानकारी गराएको हो। फागुन २ गते इमेलमार्फत् नेपाल सरकार र उक्त निकायबिच सम्पन्न कमप्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेको आयोजना सम्बन्धि भुक्तानी ९० दिनको लागि स्थगन भएको जानकारी पाएको  मन्त्रालयले जनाएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २० मा जारी गरेको आदेश अनुसार एमसीसी फन्डको भुक्तानी रोकिएको मन्त्रालयले प्रष्ट पारेको हो।   

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया