Nepal Life

नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे माग पेश

NMB Bank
  • BFIS News
  • 2022 Jun 05 13:48
नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे माग पेश
United Ajod

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे माग पेश गरेका छन् । आइतबार संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा शेयर लगानीकर्ताहरुले प्रम देउवासँग भेट गर्दै आफ्नो माग पेश गरेका हुन् ।

पुँजीबजार लगानीकर्ता संघले शेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गर्न, CCD लाई CD मा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः CCD मा नै कायम गर्न, भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत १०० कायम गर्न र पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनको लागि माग गरेका हुन् ।

Shikhar
Nepal Life
NIMB

पछिल्लो समय पुँजीबजार घट्दो क्रममा छ । सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको लगानीकर्ताहरुको गुनासो छ । यसैबची शेयर लगानीकर्ताहरुले सोमबार पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डंमा कालोपट्टीसहित प्रदर्शन गर्ने बताएका छन् ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया