मेरो माइक्रोफाइनान्सका नव नियुक्त अध्यक्ष खत्रीले लिए पद तथा गोपनियताको सपथ
- BFIS News
- 2023 Sep 08 13:46
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न नपाउने ब्यवस्था अनुरुप सो पद खाली थियो । संस्थाको २०८० भदौ २१ गते बसेको संचालक समितिको १४५ औं बैठकले संचालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी नेपाल भुषण श्रेष्ठलाई संचालक समितिको सदस्यमा मनोनयन गरेको छ ।
संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरुबाट १ लाख ६१ हजार भन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउदै आएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया