Nepal Life

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग

NMB Bank
  • BFIS News
  • 2023 Sep 12 11:23
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा  फाउन्डेसनको १ करोड ८० लाख सहयोग
United Ajod

काठमाडौं । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा वढि संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को स्थापना भएको हो ।

Shikhar
Nepal Life
NIMB

काठमाडौमा बहुबिशिष्टिकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भाैितक संरचनासहितका स्याटेलाइट बाल अस्पताल संचालन गर्ने यस इन्स्टिच्युटको लक्ष्य रहेको छ । बालबालिकालाई उपचारको अभाववाट हुने क्षती र अपाङ्गताबाट बचाउनु र परिवारलाई गरिबीको दुष्चक्रमा पर्नबाट रोक्न प्रयास गर्नु यसको ध्येय रहेको छ ।

यसै क्रममा काठमाडौँमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनबाट आज रु १,८०,००,००० (एक करोड असि लाखको) सहयोग प्राप्त भएको छ । यस उदार हृदयका लागि फाउन्डेसनका संस्थापक समाजसेवी, गायक आनी छोइङ्ग ड्रोल्मा तथा फाउन्डेसनलाई संस्थाले आभार व्यक्त गरेको छ । 

यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकष्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । सेवा सुरु भएको चार महिनामा यसले वहिरङ्ग सेवा अन्तर्गत ८,३०० तथा अन्तरङ्ग सेवा अन्तर्गत १,८५० भन्दा वढी बालबालिकालाई पु¥याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा ’हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौं‍ बाल अस्पतालको निर्माण कार्य शुरु भई जग निर्माणको कार्य जारी रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरुका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिंग निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिंगको कार्य भैरहेको छ ।

यी सम्पूर्ण कार्य गर्नका लागि संघिय सरकार, प्रदेश सरकार, काठमाडौं महानगरपालिका लगायतका स्थानीय सरकार, व्यापारिक घराना, वित्तिय संस्थाहरु, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरुबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भईरहेका छन् ।
देश विदेशबाट यस्तै उदार मनकारीहरुको सहयोगबाट नै नेपालका सबै बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य हासिल गर्न सकिने हुनाले सबैलाई यस अभियानमा जोडिनका लागि आव्हान गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया